नेपाल सुपर लिग : बुटवलले वीरगञ्जलाई १-० गोलले हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल सुपर लिग : बुटवलले वीरगञ्जलाई १-० गोलले हरायो


७ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।

आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १-० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गाेल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस