विश्वविद्यालय विधेयक, २०७९ बारे शिक्षा समितिमा विज्ञसँग छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वविद्यालय विधेयक, २०७९ बारे शिक्षा समितिमा विज्ञसँग छलफल


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का विषयमा विज्ञसँग छलफल गरेको छ ।

सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले विधेयकलाई थप समृद्ध बनाउन शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूसँग छलफल गरेको हो ।

बैठकमा विज्ञहरूले विधेयकमा विश्वविद्यालय सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञताका विषयलाई प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिएका थिए ।

विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका सदस्य डा. सूर्यराज आचार्यले विश्वविद्यालयहरूमा लागु गर्ने पाठ्यक्रम सिपमूलक हुनुपर्ने बताए । उनले नेपालका विश्वविद्यालयले मौलिक शिक्षा प्रदान गर्दै युवाहरूलाई स्वदेशमा नै परिचालन हुने अवस्था बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा शिक्षामन्त्री अशोक कुमार राईले नेपालमा भएका विश्वविद्यालय र आवश्यकताका सन्दर्भमा छलफल गर्दा व्यवस्थित बनाउने गरी कानून निर्माण गर्ने सुझाव आएको जिकिर गरे । उक्त विधेयक यसअघि नै आएकाले अव समानुकुल संशोधनका साथ अघि बढाउनुपर्ने उनले बताए ।

विधेयकमा प्राप्त सुझावहरूलाई अध्ययन गरी आवश्यकताका आधारमा समावेश गर्दै विधेयकलाई अघि बढाइने समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस