एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष, आजदेखि आवेदन खुला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष, आजदेखि आवेदन खुला


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ । 

त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेस्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु)कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो ।

तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ । पहिलो सेमेस्टरमा भर्नाका लागि आजदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

शिक्षा सङ्काय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले पनि भर्ना हुन सक्नेछन् । यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाइ हुनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

माघ १४ गते प्रवेश परीक्षा हुने र माघ २१ गतेदेखि कक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस