शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम


४ पुस २०८०, बुधबार


काठमाडौँ । पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एक दिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

एक दिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् । यस्तै चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

एक दिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस