डा. गोविन्द केसीले तोडे अनशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. गोविन्द केसीले तोडे अनशन


२ पुस २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न पुगेका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

उनीहरूलाई रेनुका चौधरी र अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन् । उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटक-पटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।

डा. केसीले यस पटक तीन दिन मात्रै अनशन बस्ने पूर्व जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस