माओवादी कमब्याकको चरणमा छ : वर्षमान पुन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी कमब्याकको चरणमा छ : वर्षमान पुन


२ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेको बताएका छन् ।

विभिन्न समयमा भएको टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्यो भन्दै उनले अब कमब्याको चरणमा रहेको बताए ।

प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विगठन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए ।

त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कम ब्याकको चरणमा रहेको बताए । उनले भने ‘हामीले संविधान बनाउन सकेनौँ, सेट ब्याक भो, त्यसपछि टुटफुट भो , एक पटक झरेपछि कम ब्याक गर्न समय लाग्छ, तर हामी उठ्छौँ । माओवादी झर्नु जति झरिसक्यो।’

एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।

माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोषजनक नआएको रिपोर्ट कार्डहरू बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे ।

पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको स्पिड बढ्ने उनको भनाइ थियो ।

सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकाश जरुरी रहेको बताए ।

सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस