सुदूरपश्चिम मेडिकल विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्द केसी कसको सेवा गर्दैछन् ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम मेडिकल विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्द केसी कसको सेवा गर्दैछन् ?


१ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन् ।

पछिल्लो समय सुदूरपश्चिममा गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका अनसनविद् डा. केसीको विरोधमा रावलले मुख खोलेका हुन् ।

डा. रावलले भनेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’

गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि लक्ष्मीनारायण मन्दिरमा पुगेका छन् । सुदूरपश्चिममा उनको विरोधमा प्रदर्शन समेत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस