एडिबीद्वारा १६ अर्ब ६० करोड सहयोग स्वीकृत  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एडिबीद्वारा १६ अर्ब ६० करोड सहयोग स्वीकृत 


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी संस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो।

उक्त वित्तीय प्याकेजअन्तर्गत रु ६० करोड अनुदान सहायता हो। सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस