हतियार देखाएर कर्मचारीबाट अज्ञात समूहले लुट्यो पाँच लाख « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हतियार देखाएर कर्मचारीबाट अज्ञात समूहले लुट्यो पाँच लाख


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । अज्ञात समूहले हतियार देखाएर सर्लाहीको हरिपुर्वामा सहकारीका कर्मचारीबाट पाँच लाख लुटपाट गरेको छ।

बिहीबार बिहान हरिपुर्वा नगरपालिका-६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

हरिपुर्वा नगरपालिका-५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको बताइएको छ । नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यालय जाँदै गर्दा बाटैमा लुटपाट भएको सहकारीको भनाई छ ।

सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस