ललितपुर महानगरमा ईः को प्रदर्शन, स्थानीयको अवरोध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरमा ईः को प्रदर्शन, स्थानीयको अवरोध


२७ मंसिर २०८०, बुधबार


ललितपुर । अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मङ्गलवार दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए ।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ–बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएको थियो । उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौँको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए ।

असोज १० मा काठमाडौँ महानगरपालिका र ईः बीच सम्झौता भएको थियो । उक्त सम्झौता अझै कार्यान्वयनमा आएको छैन । त्यतिबेला अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्नेलगायत माग थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस