सर्‍यो छलफलका लागि प्रधानसेनापतिलाई बोलाइएको संसदीय समितिको बैठक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सर्‍यो छलफलका लागि प्रधानसेनापतिलाई बोलाइएको संसदीय समितिको बैठक


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्न मङ्सिर २७ गतेलाई बोलाइएको राज्यव्यवस्था समितिको बैठक सरेको छ।

समितिका अनुसार बैठक पुस ४ गतेका लागि सरेको छ। मध्यपहाडी लोकमार्ग यात्राका कारण नेकपा (एमाले)का सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठकको मिति सारिएको जनाइएको छ ।

समितिले सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई बैठकमा बोलाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस