वीरको निर्देशकबाट हटाइएका पौडेलको रिटमा आज सुनुवाइ हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीरको निर्देशकबाट हटाइएका पौडेलको रिटमा आज सुनुवाइ हुँदै


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि सर्वोच्च अदालत पुगेका डा. सन्तोष पौडेलको सुनुवाइ आज तोकिएको छ।

डा. पौडेलले हालेको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा तोकिएको छ।

मन्त्री बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए। डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय हुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस