२०० भन्दा बढी नेपाली रुसी सेनामा छन्, अध्ययन भइरहेको छ : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२०० भन्दा बढी नेपाली रुसी सेनामा छन्, अध्ययन भइरहेको छ : प्रधानमन्त्री


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भिजिट भिसा र अध्ययन भिसामा रुसमा पुगेका करिब २०० नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको खोजी भइरहेको बताएका हुन् ।

‘रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढङ्गले जानकारी आयो । अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ,’उनले भने । रुस-युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति बेहोर्नुपरेको उनको भनाइ छ ।

‘कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्याङ्क हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस