कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला (सूचनासहित) « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला (सूचनासहित)


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक) को लागि आवेदन फारम खुला गरेको छ ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ ।

परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ ।

पढाइ र सुनाइ गरी दुवैको १००-१०० पूर्णाङ्कको भाषा परीक्षा हुने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस