सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ। धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् ।

राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो । तल्लो तलामा भान्सामा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

वडाध्यक्ष श्रीमतीसहित माथिल्लो तलामा सुतेको अवस्थामा मध्यरातमा तल्लो तलामा आगो लगाइएको बताइएको छ । गुरागाईँ काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको प्रजिअ पौडेलले बताए ।

आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ । आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस