‘प्रचण्ड’ सरकार तीन वर्ष, गठबन्धन पाँचै वर्ष : देव गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्ड’ सरकार तीन वर्ष, गठबन्धन पाँचै वर्ष : देव गुरुङ


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताले माओवादी घटक एक भएको हेर्न चाहेको बताएका छन् । रुकुम पश्चिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको बताए ।

उनले भने, ‘समाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ । कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता छ ।’

कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि मिलाउन सकिने उनको बुझाइ छ । कम्युनिष्टमा अन्तरद्वन्द्व हुनु उपयुक्त नभएको बताउँदै उनले कुनै समयमा एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

उनले ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष टिक्ने दाबीसमेत गरेका छन् ।

उनले भने, ‘यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । अहिलेको सरकार तीन वर्ष नै टिक्छ । सरकार ढाल्ने षड्यन्त्र कसैको सफल हुन सक्दैन ।’

‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामलाई जनताले रुचाएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस