एनएसएल : आज झापा र काठमाडौँ भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएल : आज झापा र काठमाडौँ भिड्दै


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । झापा पहिलो जितको लक्ष्यमा मैदान जाँदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अङ्कतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । जारी खेलमा १ अङ्क सहित अङ्क तालिकाको आठौं स्थानमा रहेको जितविहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १/१ को बराबरी खेलेको झापाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो । 

यता अघिल्लो सिजनको साविक विजेता काठमाडौँ रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएको थियो । 

विदेशी खेलाडीको वचस्व रहेको दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस