शरणार्थी प्रकरणमा छुट्ने आदेश भएकामध्ये तीन जनाले बुझाए धरौटी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणमा छुट्ने आदेश भएकामध्ये तीन जनाले बुझाए धरौटी


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीनजनाले धरौटी बुझाएको पत्र केन्द्रीय कारागार पुगेको छ ।

हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसीले धरौटी बुझाएका हुन् । रामशरण केसीले अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको बुझिएको छ । सन्दीप रायमाझीको भने बैङ्क ग्यारेन्टी राख्ने प्रक्रियाका कारण आइतबार बुझाउने सम्भावना कम रहेको बुझिएको छ ।

टेकनाथ रिजालले भने कुनै प्रक्रिया सुरु गरेका छैनन् । कारागार प्रशासन स्रोतका अनुसार उनले जेलमा रहेका कैदीबन्दीसँग धेरै ठूलो रकम धरौटी तोकेको भन्दै कहाँबाट ल्याउनु त्यत्रो पैसा ? भन्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस