धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । धनुषामा एक महिलाको शव फेला परेको छ।

धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पानी सुकेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘शव लगभग सड्न थालिसकेको छ। अनुहार पनि राम्रोसँग चिन्न नसकिने अवस्था छ। उनको शरीरमा घाउचोट देखिँदैन तर घाँटीमा कपडा बाँधिएको देखिएको छ । जसकारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।

घटनास्थलमा महिलाको चप्पल देखिएको छ। शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी घटनाको अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस