गुल्सन झाले यू-१९ एसिया कप खेल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गुल्सन झाले यू-१९ एसिया कप खेल्ने


१० मंसिर २०८०, आइतबार


काठमाडौँ। नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू-१९ एसिया कप खेल्ने भएका छन् ।

यू-१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए ।

सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् ।

सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू-१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ ।

यू-१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताए ।

पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू-१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस