मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण देशको अहिलेको आवश्यकता भएको बताए ।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको औँल्याउँदै उनले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रूपान्तरण कठिन हुने विचार व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस