धनगढी उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ नै फर्काइयो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनगढी उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ नै फर्काइयो


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस