सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन २०० रुपैयाँ घटेर एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन आज प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज बढेर कारोबार भएको हो । बिहीबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस