टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाको एकल इजलासमा पेसी परेको हो।

कात्तिक २७ गतेको बसेको मन्त्रिपरिषद्‌को बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए।

टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबी रिटमा गरिएको छ। सरकारको उक्त निर्णय बदरका लागि अन्तरिम आदेश समेत रिटमा माग गरिएको छ।

सोमबार न्यायाधीश चुडाको इजलासमा क्रमसंख्याअनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिटहरु छैटौं नम्बरमा छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुईंटेल, अधिवक्ता फर्सुराम पाण्डे, अधिवक्ता त्रिलोक चन्द, अधिवक्ता भद्रप्रसाद नेपाल, अधिवक्ता सुनिलरञ्जन सिंह लगायतका कानुनव्यवसायीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस