विश्वकप क्रिकेट फाइनल : भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको शतक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट फाइनल : भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको शतक


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाबाट ओपनर ब्याटर ट्राभिस हेडले शतक बनाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाबाट हेडले ९५ बलमा १४ चौका र एक छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो ।

जारी खेलको ३४ ओभर समाप्त हुँदा अस्ट्रेलियाले तीन विकेट गुमाएर १८५ रन बनाएको छ ।

अस्ट्रेलियाबाट हेडसँगै क्रिजमा रहेका मानुर्स लाबुसचेज्नेले ४१ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म १३८ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् । त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो

Tags :
प्रतिक्रिया दिनुहोस