विश्वकप क्रिकेट : केएल राहुल ६६ रनमा आउट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : केएल राहुल ६६ रनमा आउट


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । लगातार विकेट गुमेसँगै दबाबमा परेको भारतलाई ठूलो झड्का लागेको छ । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जारी खेलमा केएल राहुल छैटौँ विकेटका रुपमा पेभेलिएन फर्केका छन् । यससँगै भारतको ब्याटिङ धराशायी भएको छ ।

यसअघि भारतका रवीन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस ऐय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट ममिन्स र मिचेल स्टाकले २-२ तथा ग्लेन म्याक्सवेल, जोस हाज्लेवुडले समान १–१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस