चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे


१ मंसिर २०८०, शुक्रबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।’

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँच वटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैँडा मारेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस