लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा वृद्धाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा वृद्धाको मृत्यु


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहाल हुन् ।

दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतबार साँझ पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस