पश्चिम नेपालका भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पश्चिम नेपालका भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट-रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो ।

उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ ।
शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन् । उनीहरूले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम सङ्कलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन् ।

उनीहरूले देउसी गाउँदा पनि भूकम्प र त्यसले ल्याएको पारेको नकारात्मक प्रभाव तथा समस्या बारेमा भट्ट्याएका एवं गीत गाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस