नेपाललाई विश्वकपमा पुर्‍याउँदा भाग्यमानी महसुस भएको छ : रोहित पौडेल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाललाई विश्वकपमा पुर्‍याउँदा भाग्यमानी महसुस भएको छ : रोहित पौडेल


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् ।

आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् ।

सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी(२० विश्वकपमा स्थान बनाएको हो ।

‘आज मलाई निकै भाग्यमानी र गर्व लागिरहेको छ । सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हौँ हामी । त्यो विश्वकप खेल्नु भएका पारस दाइ, शक्ति दाइ, शरद दाइ हाम्रो पुस्ताको लागि रोल मोडल हुनुहुन्छ’, कप्तान रोहितले भने ।

यूएईका कप्तान मोहम्मद वासिमले आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेको बताए । उनले टोलीलाई २५ देखि ३० रन कम भएको र नेपाली बलरहरूले निकै राम्रो प्रदर्शन गरेको बताए

Tags :
प्रतिक्रिया दिनुहोस