परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता


१५ कार्तिक २०८०, बुधबार


वाशिङटन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । उक्त अवसरमा उनीहरू बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए ।

निगमका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेका थिए ।

अमेरिकी सरकार मातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस