मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर-७ लामीटारमा हिजो राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक बाग्मती गाउँपालिका वडा नम्बर-६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो ।

मदन भण्डारी लोकमार्ग हुँदै झारझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो ।

उनको उपचारका क्रममा काठमाडौँको न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस