धादिङ भू-कम्पः ६ घर पूर्ण क्षति (अपडेट) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धादिङ भू-कम्पः ६ घर पूर्ण क्षति (अपडेट)


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

आइतबार साँझसम्मको विवरणअनुसार १८ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला अधिकारीले जानकारी दिए।

आइतबार साँझसम्म ६ वटा घर क्षतिग्रस्त बनेको र १८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ।  

घर भत्किएकालाई वैकल्पिक बसोबासका लागि त्रिपालको व्यवस्था गरिएको छ ।  

भूकम्पले ज्वालामुखी गाउँपालिका-५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरहरूमा क्षति पुर्‍याएको  छ।   

धादिङ, ज्वालामुखी-५ खरी केन्द्र गरेर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बिहान ८ः८ मा ४.२, ८ः२८ मा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको परकम्प गएको थियो।

अपराह्न ४ः०३ बजे ४.४ र साँझ ५ः३१ र  ५ः३३ मा क्रमशः ५.० र ५.१ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

दिनभरको कम्पनका कारण प्रभावित ठाउँमा स्थानीयहरू घरबाहिरै बसेका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस