नवदुर्गा सिद्धिको मुकुण्डो तान्त्रिक विधिबाट निर्माण « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नवदुर्गा सिद्धिको मुकुण्डो तान्त्रिक विधिबाट निर्माण


५ कार्तिक २०८०, आइतबार


भक्तपुर । धार्मिक महत्त्व बोकेको भक्तपुरको प्रसिद्ध तान्त्रिक नाचका लागि नवदुर्गा देवगणलाई अत्यावश्यक मुकुण्डो तान्त्रिक विधि पुरा गर्दै निर्माण भएको छ ।

घण्टाकर्ण चतुर्दशीका दिनबाट सुरु भएको याछेंका ७७ वर्षीय पूर्ण चित्रकारले तीन महिना लगाएर तयार पारेको नवदुर्गाका भैरव (कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृङ्गी) दुई गरी गरी १३ देवगणका लागि १३ वटा मुकुण्डो तान्त्रिक विधि पुरा गरी तयार भएको हो ।

तान्त्रिक विधि अनुसार विशेष प्रकारको बोचा भनिने माटोलाई मैदा र पानीको माडमा मुछेर डल्ला बनाई हावामा सुकाएर कपास एवं नेपाली कागज राखेर मुकुण्डो बनाइन्छ ।

यसरी निर्माण भएको मुकुण्डोलाई दुई साता सुकाएपछि तयार हुने चित्रकारले बताए ।

दसैँको महानवमीको दिन साँझ चित्रकारको घरमा स्थानीयलाई दर्शनको लागि प्रदर्शनीमा राखिने मुकुण्डोलाई नवदुर्गा देवगण बन्ने गाथा अर्थात् वनमालाले तान्त्रिक पूजाआजा गरी लैजाने विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्ने प्रचलन छ ।

नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन रु. तीन लाख ५० हजार खर्च लागेको बताउँदै चित्रकारले खर्च व्यवस्थापनको लागि रु. २५ लाखको अक्षय कोष स्थापना भएको जानकारी गराए ।

विगतका धेरै वर्ष आफ्नै खर्चले मुकुण्डो बनाउँदै आएपनि पछिल्लो वर्ष अक्षयकोष बनाएपछि सहज भएको उनले बताए । नवदर्गा नाचमा खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र, नकीं र १३ देवगणसहित १९ जनाको समूह हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस