एनआरएनएको अध्यक्षमा डा. केसी निर्वाचित « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एनआरएनएको अध्यक्षमा डा. केसी निर्वाचित


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्याशी अन्य तीन उम्मेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका छन्।

उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्।

यस्तै, युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन्।

यस्तैगरी, महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। उनले दुई हजार ३७ मत ल्याए।

काठमाडौँमा भएको महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस