चाडपर्वमा हामीलाई उपहार नपठाउनू, उपहार लिने पार्टीको नीति छैन : रवि लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चाडपर्वमा हामीलाई उपहार नपठाउनू, उपहार लिने पार्टीको नीति छैन : रवि लामिछाने


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वमा उपहार स्वीकार नगर्ने बताएका छन्। सभापति लामिछाने बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालयमा उपहार पठाउने क्रम सुरु भएकाले उपहार स्वीकार नगर्ने पार्टीको नीति भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान-प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ। पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ।’

आफ्नो लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष कोही कसैमार्फत उपहार पठाउने कष्ट नगर्न उनले आग्रह गरेका छन्। ‘जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यबद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रूपमा ग्रहण गरिदिनुहुन सम्बद्ध सबैमा आग्रह गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस