त्रिदेशीय टी-२० शृङ्खला : युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिदेशीय टी-२० शृङ्खला : युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। 

मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।

युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए।

चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए।

त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र  असिफ खानलाई १५ रनमा आउट  गरेका थिए।

करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अलि नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौँ विकेटको रूपमा आउट गरे।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १(१ विकेट लिन सफल भए।

सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस