एभरेष्ट बैंक लिमिटेडको २९ औँ वार्षिक साधारण सभाबाट लाभांश पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एभरेष्ट बैंक लिमिटेडको २९ औँ वार्षिक साधारण सभाबाट लाभांश पारित


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज साधारण-सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात् हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।  

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एन्ड कम्पनी, चार्टड एकाउन्टेन्ट लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस