अस्ट्रेलियासँग २ सय ९ रनमा अलआउट भयो श्रीलङ्का  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अस्ट्रेलियासँग २ सय ९ रनमा अलआउट भयो श्रीलङ्का 


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएको छ ।

लखनउमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । श्रीलङ्काका कुशल परेराले सर्वाधिक ७८ रन बनाए । यस्तै पथुम निसान्का ६१ रन बनाएर आउट भए । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ४ तथा कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।

प्रतियोगितामा दुवै टोली जितविहीन छन् । श्रीलङ्का अङ्क तालिकाको ८ औँ र अस्ट्रेलिया पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस