आजदेखि नयाँ नोट साट्न पाइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आजदेखि नयाँ नोट साट्न पाइने


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

५, १०, २०, ५० र सय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस