घट्यो पेट्रोल र डिजेलको मूल्य  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घट्यो पेट्रोल र डिजेलको मूल्य 


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस