स्कुटर दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कुटर दुर्घटनामा चालकको मृत्यु


२८ आश्विन २०८०, आइतबार


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो । आज बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस