‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।

तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ ।

तेस्रो पटकमा आवेदन परे पनि प्राविधिक रूपमा सफल नभएकाले पुनः बोलपत्र आह्वान गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार यस वर्ष बजेट विनियोजन भएकाले पुनः आह्वान हुनेछ ।

“विभागले आह्वान गर्दा उपयुक्त आवेदन नआएको र अमुख कम्पनी वा व्यक्तिका लागि मिल्ने गरी गर्ने नभएकाले पुनः बोलपत्र खुलाउन लागिएको हो”, पनेरुले भने, “हाम्रो मेसिन स्पेसिफिकेसन अनुसारको हुनुपर्छ । फेरी चौँथो पटक पनि परेन भने पुनः आह्वान गर्ने हो ।” हाल सञ्चालनमा रहेको प्रिन्टर जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको भन्दै उनले दुई प्रिन्टर फरक भएमा कार्डको गुणस्तरमा पनि फरक पर्ने भएकाले एकै किसिमको खरिदका लागि बोलपत्र आह्वान गरिएको बताए ।

पनेरुले भने, “कार्डको गुणस्तर उस्तै बनाउन पनि समान किसिमको उपकरण आवश्यक हुन्छ ।” उनका अनुसार हाल विभागमा एउटा ‘मास प्रिन्टर’ सञ्चालनमा छ । उक्त प्रिन्टरको क्षमता दैनिक चार हजार पाँच सय छपाइ गर्ने रहेको छ । बागमती प्रदेशले अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरेसँगै लाइसेन्स धेरै छाप्नुपर्ने भएपछि नयाँ प्रिन्टर खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।

आव २०७३-७४ मा बोलपत्रमार्फत सात लाख ५० हजार अनुमतिपत्र छाप्नका लागि चार थान छपाइ मेसिन खरिद गरिएको थियो । उक्त मेसिनको क्षमता प्रतिघण्टा ६० अनुमतिपत्र छाप्नसक्ने थियो । विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक छाप्न सक्ने मास प्रिन्टर खरिद गरेको थियो । उक्त मेसिन अहिले विभागमा सञ्चालनमा छ ।

यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत भए पनि चालक अनुमतिपत्र छपाइएको काम हालसम्म विभागले गरिरहेको छ । चालु आवमा भने केही प्रदेशले पनि छपाइ उपकरण खरिदको योजना बनाएका छन् । “देशभरमा एकरूपता कायम गर्न विभागमा भएको जस्तै अनुमतिपत्र छाप्ने प्रिन्टर खरिद गर्न सबै प्रदेश कार्यालयलाई भनेका छौँ”, विभागका प्रवक्ता पनेरुले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस