टालटुले नीतिले अर्थतन्त्र सुधार तत्काल सम्भव छैन : चन्द्र ढकाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

टालटुले नीतिले अर्थतन्त्र सुधार तत्काल सम्भव छैन : चन्द्र ढकाल


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताएका छन् । महासङ्घद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा उनले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको उल्लेख गरे ।

‘हामीले समयमा सही नीति लिन सकेनौँ । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन’, ढकालको भनाइ थियो ।

नेपालको वर्तमान अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउँदै उनले केही आँकडासमेत प्रस्तुत गरेका छन् । बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रुपैयाँ लगानी गर्न सक्ने रकम छ । आपूर्ति अधिक हुँदा व्याज घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरे ।

‘रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रूपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रूपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभासपूर्ण तथ्याङ्क अहिलेको अर्थतन्त्रमा देखिएको छ’, ढकालले भने ।

अध्यक्ष ढकालले लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र भएपनि मौद्रिक नीतिले यो क्षेत्रलाई निराश बनाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस