सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुङ्गानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रूपमा अङ्गभङ्ग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरूको बुद्धि विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था अनुरूप उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव श्रोत विभाग अन्तर्गत रहने छन्। एक पटकको लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ढुङ्गाना र शर्मा द्वन्द्व कालमा विद्युतीय धरापमा परि गम्भीर घाइते भइ अङ्गभङ्ग भएका अधिकृत हुन्।

सशस्त्र प्रहरी बल नेपालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात् सो व्यवस्था लागू भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस