कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ


२४ आश्विन २०८०, बुधबार


पक्राउ

चितवन । कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईँ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए। उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो ।

प्रनाउ पण्डितका अनुसार चापागाईँले विसं २०६१ मङ्सिर १४ गते भरतपुर महानगरपालिका-७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।

“वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनाका आधारमा बर्दघाट-४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रूपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो”, उनले भने । चापागाईँ पक्राउ परेसँगै थप अनुसन्धान सुरु गरिएको प्रनाउ पण्डितले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस