मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाल्छना न्यूनीकरण गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाल्छना न्यूनीकरण गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निर्माणका लागि मानसिक विराम भएका मानिसमाथि लाल्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने,‘समाजमा व्याप्त गरिबी, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रूपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस