चीनले भन्यो-बीआरआईमा नेपालसँग कुनै राजनीतिक स्वार्थ र सर्त राखिँदैन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चीनले भन्यो-बीआरआईमा नेपालसँग कुनै राजनीतिक स्वार्थ र सर्त राखिँदैन


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन् सेङले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपालसँग चीनले कुनै राजनीतिक स्वार्थ र सर्त नराख्ने बताएका छन् ।

आइतबार बीआरआई अवधारणा सुरु भएको दशौँ वर्षगाँठको अवसर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत छनले नेपालको विकास निर्माणमा सहयोग पुर्‍याउने भन्दै यसमा राजनीतिक स्वार्थ नजोडिने बताएका हुन् ।

‘बीआरआई कार्यान्वयनको प्रक्रियामा सबै क्षेत्रमा चीन(नेपाल सहकार्यले बजारको नियम र अन्तर्राष्ट्रिय परम्परालाई पालना गर्नेछ’, उनले भने, ‘चीनले नेपालको इच्छालाई सम्मान गर्छ । त्यस सम्झौतामा चीनले नेपालसँग कुनै राजनीतिक सर्तहरू राख्ने छैन र कुनै पनि राजनीतिक स्वार्थ खोज्ने छैन ।’

ऐनले सन् २०१७ मा चीन र नेपालबीच बीआरआई सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएदेखि क्रमशः फलदायी नतिजाहरू हासिल भइरहेको बताए । बीआरआई सम्झौतापछि बन्दरगाह, सडक, रेलमार्ग, हवाई मार्ग र दूरसञ्चार जस्ता क्षेत्रहरूमा बहु-आयामीक कनेक्टिभिटी नेटवर्कको सञ्जाल स्थापना भएको भन्दै उनले सीमा हुने व्यापार महामारीपूर्वक अवस्थामा फर्किएको बताए ।

चीनतर्फको निर्यातलाई सहज बनाउन चिनियाँ पक्षले चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो, चाइना-साउथ एसिया एक्स्पो र सिजाङ टुरिज्म एण्ड कल्चर एक्सपो जस्ता प्रमुख प्लेटफर्महरूमा नेपाली पक्षलाई सहभागी गराइरहेको स्मरण गर्दै यही वर्ष नेपालमा विच्याट भुक्तानीको कार्यले चिनियाँ पर्यटक र सीमापार व्यापारलाई थप सहज बनाउनले दाबी गरे ।

उनले पछिल्ला केही हप्ताहरूमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताए । सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछिको यो उच्चस्तरीय भ्रमण भएको भन्दै उनले भ्रमणको मुख्य आकर्षण बीआरआई रहेको बताए ।

दुई देशबीच भएको महत्त्वपूर्ण सहमतिपछि चीन र नेपालले उच्च गुणस्तरको बीआरआई सहयोगलाई निरन्तर प्रवर्धन गर्ने बताए । साथै, बीआरआई फ्रेमवर्क अन्तर्गत, चीन र नेपालले संयुक्त रूपमा ‘हार्ड कनेक्टिभिटी’, ‘सफ्ट कनेक्टिभिटी’ र ‘नागरिकदेखि नागरिकको तहको कनेक्टिभिटी’ लाई अगाडि बढाउने बताए ।

उनले चीन नेपालसँग बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, दूरसञ्चार र विद्युतमा निरन्तर सुधारका लागि ट्रान्स हिमालयन बहु आयामिक कनेक्टिभिटी नेटवर्कको निर्माणलाई तीव्रता दिन र छिमेकी राष्ट्रहरूसँग सम्बन्धको स्तरवृद्धि गर्न नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

उनले चीन नेपालबाट गुणस्तरीय कृषि उत्पादन आयात गर्न र चिनियाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न इच्छुक रहेको बताए ।

साथै, नेपालको विकासमा सहभागिता जनाउने र शिक्षा, चिकित्सा सेवा, पर्यटन लगायतका क्षेत्रमा जनता–जनताको आदानप्रदान र सहयोगलाई सुदृढ गर्न, कृषिको आधुनिकीकरण, ऊर्जा स्वायत्तता, औद्योगिक स्तरोन्नति र रूपान्तरणलाई अगाडि बढाउन सहयोग गर्न तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस