सुशासन कायम गर्न गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्छ : धनराज गुरुङ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुशासन कायम गर्न गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्छ : धनराज गुरुङ


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

उनले गैरकानूनी ढोकाहरू सबै बन्द गर्नुपर्ने भन्दै गैरकानूनी ढोकाहरू बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरूलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए ।

उनले भने, ‘भ्रममा छौँ, सिंहदरवार पुगेपछि हामी आफैँले चलाइरहेका हुन्छौँ । श्रमिकको पसिना बिना सिंहदरवार चल्दैन । अरु ७ वटा सिंहदरवार पनि चल्दैनन् । अरु ७५३ वटा उपसिंहदरवार पनि बनाएका छौँ त्यो पनि चल्दैनन् । मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरवार चल्दैन भन्ने मान्यता बनाएर अगाडि बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ ।’

उनले सिंहदरवार छिर्नेहरूले आफूलाई आफैँ मालिक हो कि भन्ने भ्रम पैदा हुने बताए । उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस