सुदूरपश्चिम पुगेर ओलीले गरे शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम पुगेर ओलीले गरे शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहका लागि ओली धनगढी पुगेका हुन् । धनगढी पुगेलगत्तै उनले शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन् ।

ओलीसहितका नेता कञ्चनपुर पुनर्वास नगरपालिका-४ स्थित शहीद गोविन्द गौतम पार्क पुगेका थिए । २०७३ फागुन २६ गते सीमा अतिक्रमणका विरुद्ध आन्दोलनमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस